मकवानपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका सिंतानको मृत्यु
हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका–७ लामिटारमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्मती गाउँपालिका–७ लामिटार बस्ने ४७ वर्षीय सिन्ताङ साईला भन्ने बल बहादुर सिंतान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार धरान–चतरा सडकखण्ड अन्तर्गत बिहिबार फापरबारीबाट झुरझुरे तर्फ जाँदै गरेको बा.प्र०३–००३ प ७२०७ नम्बरको मोटरसाइलकले सिंतानलाई ठक्कर दिंदा गम्भीर घाइते भएका थिए ।
उनको तत्कालै उद्धार गरी उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा ल्याईएको थियो । थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा शुक्रबार डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।






