बागमती प्रदेशसभामा सभामुखमा कांग्रेसको पनि उम्मेदवार, शिबराज अधिकारीले उम्मेदवारी दिदैे

जनपत्र
२८ पुष २०७९, बिहीबार १०:१२

हेटौंडा । बागमती प्रदेशसभामा सभामुखमा कांग्रेसको पनि उम्मेदवार तयार गरेको छ । आ हुने उम्मेदवारी दर्ताका लागि कांग्रेसले पनि उम्मेदवारी दिने तयारीका साथ अगाडी बढेको हो । चुनाबमा सत्ता गठवन्धनको स्पष्ट बहुमत भएपनि कांग्रेसले सांसद शिबराज अधिकारीले उम्मेदवारी दिन लगाउने भएको छ ।

धादिङका अधिकारी समानुपातिक तर्फबाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन् । उनलाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले जानकारी दिए । बागमती प्रदेशका मुख्यमन्त्रीलाई ७० जना सांसदहरुले समर्थन गरेका थिए । एक सय १० जना सांसद रहेको यस प्रदेशमा सत्ता गठवन्धनका दलहरुको बहुमत रहेको छ ।

सत्ता साझेदार दलहरुको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार छन् । बागमती प्रदेशसभा सचिवालयले सभामुख निर्वाचनको लागि आज बिहान १०ः३० बजेदेखि २ बजेसम्मको समयसीमा तोकेको छ ।

मनोनयन दर्ता सकिएपछि दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्मका लागि मनोनयन फिर्ता र दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, सभामुखको निर्वाचन कार्यक्रम शुक्रबार बिहान ११ बजेका लागि समय तोकिएको छ ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना प्रदेशसभाका सदस्यहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*