आज सत्ता गठबन्धनको बैठक बस्दै, कुन मन्त्रालयमा कुन दल ?

जनपत्र
२८ पुष २०७९, बिहीबार ०७:२६

सात दल सम्मिलित सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

आजको बैठकमा सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने भएको छ । दलहरुबीच मालदार मन्त्रालय आफूहरुले पाउनु पर्ने भन्दै हानथाप छ । जसले गर्दा गठबन्धनमा मन्त्रलाय बाँडफाँटको विषय पेचिलो बनेको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालय बाँडफाँटको विषयलाई लिएर बाहिरिने आशंकाबीच प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिएका छन् । यद्यपी प्रचण्डले विपक्षीसहित सबै दलको समर्थन पाएका छन् ।

आजको बैठकमा मन्त्रालय बाँडफाँटका विषयमा छलफल सहज बनाउन प्रचण्डले बुधबार बेलुका नै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । दुई नेताबीच मन्त्रिपरिषद् विस्तारको विषयमा केही गृहकार्य भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*