पर्सामा श्रोत नखुलेको १२ लाख रुपैयासहित हुण्डी करोबारी प्रकाउ

जनपत्र
२६ पुष २०७९, मंगलवार ०७:१६

पर्सा प्रहरीले श्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ निवासी १९ वर्षीय राजन कुमार साह रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियास्थित सडकखण्डमा बिआर ०५ एई ३५५६ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा राजनले लगाएको हेलमेट तथा कालो ज्याकेट भित्र १२ लाख २० हजार फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

अभियुक्तलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्ध कसूरमा थप अनुसन्धान तथा कारवाही भैरहेको डिएसपी गिरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*