भोलि सार्वजनिक विदा, सेयर कारोबार समेत नहुने
सरकाले भोलि पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पुस २७ गते नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकाले सार्वजनिक विदाको निर्णय गरेपछि भोलि सेयर बजारको दोस्रो बजार कारोबार समेत बन्द हुनेछ ।
सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई सर्तका रुपमा अघि सारेको थियो । एमाले पनि यसमा सकारात्मक रहेकाले यो निर्णय सहज भएको हो ।