बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा एक वर्षमा गरिएका काम सार्वजनिक

जनपत्र
२४ पुष २०७९, आईतवार १२:४८

हेटौंडा । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा एक वर्षमा गरिएका कामको विवरण आज सार्वजनिक गरिएको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै एक वर्षको अवधिमा गरिएका कामको विवरण सार्वजनिक गरेको हो ।

कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले छोटो अवधिमा मन्त्रालयले धेरैे खालका काम गरेको दावि गर्नुभयो । वन मन्त्रालयलाई टुक्रा पारेर यो मन्त्रालय स्थापना गरेको अवधि देखि अहिले सम्म १३ वटै जिल्लामा पर्यटन प्रवर्दन गर्ने धेरै काम गरिएको दावि गर्नुभयो । यस मन्त्रालयले गरेको कामबाट स्थानीय स्तरमा रोजगारी समेत श्रीजना भएको वताउनुभयो । हरेक खालका पर्यटन प्रवर्दनलाई अहिले जोड दिदै काम अगाडी बढाइएको वताउनुभयो ।

प्रदेश सरकारले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माण गर्नका लागि बजेट छुट्याएर काम अगाडी बढाइएको मन्त्री श्रेष्ठले वताउनुभयो । मन्त्रालयका सचिब मदन कोइरालाले एक वर्षमा गरिएका कामको विवरण सार्वजनिक गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*