बागमती प्रदेशः भोली सम्म सरकार बनाउन सांसदहरु हेटौंडा आउन थाले

जनपत्र
२४ पुष २०७९, आईतवार ०८:४४

हेटौंडा । बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्माले ५ दिनको समय दिएर सरकार गठनका लागि आव्हान गरेको समय भोली सकिदै छ । भोली सम्म् सरकार गठनका लागि सत्तारुढ दलहरुका बिचमा छलफल कायमै छ । को मुख्यमन्त्री बन्ने भन्ने कुरा अझै टुङ्गी सकेको छैन । यस प्रदेश संगै अरु प्रदेशको पनि एकै पटक टुङ्गो लगाउने भएकाले त्यसमा दलका नेताहरुका बिचमा सहमती हुन बाँकी रहेको बताइएको छ ।

भोली सम्म बागमती प्रदेशको सरकार निर्माण भइसक्ने भएकाले सत्तारुढ दलहरुका सांसदको हस्ताक्षर संकलनका लागि हेटौंडा आउन थालेका छन् । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्क्री नियुत्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आव्हान गरेको समय भोली दिउसो ४ बजे सकिदै छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वाग्मती प्रदेशको मुख्यमन्क्री नियुत्त गर्नका पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आव्हान भएको थियो । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ  । वाग्मतीमा सातवटा दलको प्रतिनिधित्व रहेको छ ।

मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएकोले प्रदेश प्रमुख कार्यालयबाट उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान भएको हो ।

११० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

बागमती प्रदेशमा शीर्ष नेताको मुख ताक्दै छन् तीन जना मुख्यमन्त्री बन्ने आकांक्षीहरु । केन्द्रका शीर्ष नेताहरु भने पुस २६ गते संघीय सरकारका प्रधानमन्त्रीले विश्वासको मत लिएपछी मात्र प्रदेशको भागवण्डा गर्ने तयारीमा छन् । वाग्मती प्रदेशमा दोस्रो ठूलो दल रहेको एमालेको मुख्यमन्त्रीमा बलियो दाबेदारी प्रस्तुत गर्दै आएको छ । केन्द्रले भागवण्डा मिलाउँदा भने त्यसलाई स्वकीकार गर्न पनि तयार छ ।

एमालेले जगन्नाथ थपलियालाई दलको नेता चयन गरेको छ । माओवादीले हालका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई दलको नेता चयन गरेको छ । सरकार बनाउन निर्णायक रहेको राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेको छ । राप्रपाबाट उद्धव थापा मुख्यमन्त्रीको दाबेदार छन् । ‘हामी सरकार बनाउन निर्णायक छौं, संघीय सरकारलाई समर्थन गरेका छौं, सरकारमा गएका छैनौं,’ उनले भने, ‘वाग्मतीको मुख्यमन्त्रीमा हाम्रो मुख्य दाबी हो ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*