सरकारलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्दै लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक बस्नेछ ।
बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिनेरनदिनेबारे छलफल गरिनेछ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने बताइएको छ ।
पुरानो गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बनेपछि लोसपाले सरकारलाई समर्थन गरेको छैन । लोसपा यसअघिको पाँचदलीय गठबन्धनमा आबद्ध थियो ।
प्रतिनिधिसभामा लोसपाबाट चार सांसद छन् । संसद्को नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने तयारी छ ।