हेटौंडामा हिटरको माग बढ्दो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा हिटरमो माग निकै बढेको छ । पुसको महिना चिसो ह्वात्तै बढ्न थालेको छ । यस्तो अवस्थामा चिसोबाट बच्न अधिकांशले घरमा हिटरको प्रयोग गर्न थालेका छन् । चिसिंदै गएको वायुलाई सन्तुलित तापमानमा राख्ने कृत्रिम काइदा हो हिटर । रुम हिटरको प्रयोग गरेर, कोठाको न्यानोपनलाई समयमै सजिलै कायम गर्न सकिन्छ । त्यसैले पनि यसको माग बढेको हेटौंडा मेनरोडका व्यावसायी शिब सापकोटा वताउनुहुन्छ ।
अहिले बागमती प्रदेश सरकारका मन्त्रालय, मातहतका कार्यालय, व्यक्तिका घर, कोठा, अफिस सबैतिर हिटरको निकै माग बढेको छ । हिटरका कारण तातो हुने र काम गर्न सहज हुने भएका कारण पनि यसको प्रयोग बढ्न थालेको हो । माग धेरै बढेपछी यहाँका व्यापारीले फरक फरक मुल्यमा यसको बिmक्री गर्दै आएका छन् ।
यतिबेला स्थानीय बजारमा विदेशीसँगै विभिन्न स्वदेशी ब्राण्डहरूका हिटरहरू भेट्न सकिन्छ । सीजी, बाल्ट्रा, यसुदासहित हिमस्टार, भिडियोकोन, वेगा, इलेक्ट्रोन, होमग्लोरी, टीसीएल लगायत विदेशी तथा स्वदेशी ब्राण्डका एसी तथा रुम हिटरहरू नेपाली बजारमा उपलब्ध छन् । हिटरको क्षमता, उपयोगिता अनुसार मूल्य फरक पर्छ ।
यही नै प्रकारको हिटर बढी उपयोगी हुन्छ भनेर भन्न सकिंदैन । सबै प्रकारका हिटर जाडोको लागि उपयोगी नै छन् । ग्राहकको रुचि, कोठाको आकार, क्षमता र बजेट अनुसार हिटर खरिद गर्न सकिन्छ ।
सुरक्षाको हिसाबले हेर्दा भने ओएफआर र पीटीसी फ्यान हिटर बढी उपयोगी हुन्छ । यस्ता हिटर एसी जस्तो हुन्छ । हिटर चलाउँदा झ्याल(ढोका खुल्ला राख्नु पर्दैन र अक्सिजनको कमी होला भन्ने डर पनि हुँदैन ।
हिटरको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु रहेका छन् । हिटरलाई ढोकाको नजिक वा बाटोको नजिक नराख्नु उपयुक्त हुन्छ । प्रज्वलनशील पदार्थहरू हिटरभन्दा टाढा राख्नुपर्छ । बालबालिका र घरपालुवा जनावरको पहुँचबाट हिटरलाई टाढा राख्नुपर्छ । समय समयमा चलिरहेको हिटरलाई बन्द गरिरहनुपर्छ । हिटर बलेको बेला ढोका र झ्याललाई पनि खुला राख्नुपर्छ । हिटर नजिक बस्नुभएको छैन भने बन्द गर्दा बेस हुन्छ । सुत्ने बेला हिटर बन्द गरेर सुत्नुपर्छ ।