हेटौंडाकी सुस्मिताको हत्या अभियोगमा पाँच जनालाई जिल्ला अदालतद्वारा कसुरदार ठहर

जनपत्र
२१ पुष २०७९, बिहीबार १८:५३

हेटौंडा । हेटौंडा ४ की २४ वर्षीया सुस्मिता थापा केसीको हत्या भएको करिब साँढे २ बर्षपछि अभियुक्तहरु दोषी ठहर भएका छन् । चार दिनको निरन्तरको बहस पछि पुस २१ गते बिहीबार पाँचै जना अभियुक्तलाई दोषी ठहर गरेको हो ।

मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको ईजालसले मृतक सुस्मिताको सासु, ससुरा, २ जना नन्द र जेठी नन्दकी श्रीमान्लाई दोषी करार गरेको हो । सुस्मिताका ससुरा प्रकाश थापा, सासु तुलसा थापा, कान्छी नन्द सीता थापा, जेठी नन्द दुर्गा थापा, उनका श्रीमान् अरुण कार्कीलाई हत्याको कसुरदार ठहर गरेको हो ।
जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायधिवक्ता मुकुन्दहरी पौडेल, जिल्ला सहायक न्यायधिवक्ता राजेन्द्रमणि पौडेल, अधिवक्ताहरु राजेन्द्र शर्मा, मदनकुमार दाहाल, मनप्रसाद भट्टराई, अप्सरा बस्नेत, बालकृष्ण अधिकारीले बहस गर्नुभएको थियो भने प्रतिवादीतर्फका आधा दर्जन अधिवक्ताले बहस गरेका थिए ।

मुख्य अभियुक्तको रुपमा ससुरा र कान्छी नन्द सीता थापालाई जन्मकैद सजायँको माग गरिएको छ । दुर्गा र अरुण कार्कीलाई आपराधिक षडयन्त्र गरेको अभियोगमा जन्मकैदको माग गरिएको छ भने मृतक सुस्मिताको सासु तुलसा कुमारी थापालाई मतियारको भुमिका निर्वाह गरेकाले मुख्य अभियुक्तको पाउँने सजायँको आधा सजायँ माग दाबी गरिएको अधिवक्ता अप्सरा बस्नेतले बताउँनुभयो ।

मृतक सुस्मिताको बुवा कृष्ण बहादुर केशीले २०७७ असार २९ गते पाँचै जना विरुद्ध मुद्दा दर्ता गराउँनु भएको थियो । सुस्मिताको २०७७ असार १ गते राती हेटौंडा उपमहानगरपालिका ४ कर्रा स्थित घरमा विभत्स ढंगले हत्या गरिएको थियो । भान्सा कोठामा नन्द सीतासँगै खाना खाइरहेकी सुस्मिताको टाउँको ससुराले पछाडीबाट लौरो जस्तो काठले हिकाएका थिए ।

सुस्मिताले ज्यान बचाउन गुहार मागेपछि कान्छी नन्द सीताले मसला पिध्ने लोहोरोले टाउँकोमा निरन्तर प्रहार गरेको प्रहरी समक्ष स्वीकार गरेकी थिईन् । असार २ गते घरको भान्सामा विभत्स ढंगले हत्या गरिएको अवस्थामा सुस्मिताको शव फेला परेको थियो । तर ससुराले सुस्मिताको हत्यालाई आत्महत्या देखाउँने प्रयास गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*