हेटौंडा-१४ का ५० जनालाई न्यानो कपडा वितरण

जनपत्र
२१ पुष २०७९, बिहीबार १८:२७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१४ का ५० परिवारलाई न्यानो कपडा वितरण गिरएको छ ।

बिहीबार १४ नम्बर वडाका विपन्न तथा एकल महिलाहरुलाई वडा अध्यक्ष दिपक खड्काको पहलमा न्यानो कपडा वितरण गरिएको हो ।

चिसो बढेसँगै वडाका विपन्न घरपरिवार तथा एकल महिलाहरुलाई समस्या परेको जानकारी पाएपछि वार्म नेष्ट फाउन्डेसनको सहयोगमा एक एक थान ब्ल्याङ्केट वितरण गरिएको हो ।

न्यानो कपडा वितरण गर्दै वडा अध्यक्ष खड्काले सहयोग गर्ने संस्थालाई धन्यवाद दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*