हेटौंडामा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने

जनपत्र
२० पुष २०७९, बुधबार १७:४२

हेटौंडा । मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुरको आयोजनामा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर–४ वडा कार्यालयको प्रायोजनमा उक्त खेल हुने भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुवेदीले एक पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ । प्रतियोगिता यहि मिति २०७९(०९(२८ गते देखि हेटौंडा उपमहानगरपालिका वडा न। ४ स्थित लोकतान्त्रिक चौर ९हुप्रा चौर० मा हुने भएको छ । प्रतियोगितामा सहभागी हुन समाविसी शुल्क रु। २००० र( रहेको छ ।

प्रथम विजेताले शिल्ड, मेडल, प्रमाण(पत्र सहित रु २५ हजार पुरस्कार पाउने भएको छ । दितिय विजेताले शिल्ड, मेडल, प्रमाण(पत्र सहित रु १५ हजार, त्रितिय विजेता हुनेले शिल्ड, मेडल, प्रमाण(पत्र सहित रु ५ हजार प्राप्त गर्ने छन् । त्यसैगरी उत्कृष्ट खेलाडिले शिल्ड, मेडल, प्रमाण(पत्र सहित रु ३ हजार उत्कृष्ट सेटरले शिल्ड, मेडल, प्रमाण(पत्र सहित रु २ हजार, उत्कृष्ट स्पाइकरले शिल्ड, मेडल, प्रमाण(पत्र सहित रु २ हजार साथै अनुशासित टिमले बल र नेट पुरस्कार पाउने मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुरले जनाएको छ ।

आगामी दिनहरुमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुरले विभिन्न खेल र प्रतियोगिताको आयोजना गर्ने निर्धारन गरेको र नजिक भविष्यमा हेटौंडाका युवा खेलाडीहरुलाई प्रोत्साहन गर्न र मनोबल उच्च हुने आयोजकले अपेक्षा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*