खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्दा देश गरिब भयाे : वामदेव गाैतम

जनपत्र
१९ पुष २०७९, मंगलवार १६:४५

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

आज मङ्गलवार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले देशभित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपालमा खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले देश गरिब भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

सांसद गौतमले खाद्यान्न, फलफूल, औषधिलगायतकाे उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्न सके देशभित्र नै रोजगारी सिर्जना हुने बताउनुभयो ।

उहाँले विगतमा नेपाली कांग्रेसको सरकारले सरकारी उद्योग, कारखाना निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाउनुभयो । नेपाली कांग्रेस नेतृत्वकाे सरकारले विगतमा सरकारी उद्योगलाई अफ्ठ्यारो पार्ने र निजीकरण गर्ने काम गरेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*