पोलिट्ब्यूरो बैठकमा माधव नेपालको आक्रोश : नेतृत्वको बदख्वाइ गर्न बन्द गरौं

जनपत्र
१९ पुष २०७९, मंगलवार १५:४८

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी कमिटी बाहिर नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न निर्देशन दिएका छन् ।

‘जे जे लागेको छ, कमिटीमै राखौं,’ मंगलबार पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘फेसबुकमा लेखेर आफूलाई लागेको कुरा बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ, न त्यो अनुशासित पार्टी बन्छ ।’

उनले अरुको प्रसंसा गर्ने र आफ्नै नेतृत्वको बद्ख्वाई गर्ने काम बन्द गर्न समेत निर्देशन दिएका छन् । उनले भने, ‘हामीले अनुशासन तोड्ने अनि हाम्रै स्वर ठूलो हुने,  पार्टीको बद्ख्वाइ बाहिर गर्ने अनि अनि हाम्रै स्वर ठूलो हुने, आफ्नो नेताको बद्ख्वाइ गर्ने, अरुको प्रशंसा गर्ने अनि आफ्नै स्वर ठूलो हुने । यो तरिका बन्द गरौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*