दुई वटा हेलिकप्टर एकापसमा ठोक्किँदा ४ को मृत्यु

जनपत्र
१९ पुष २०७९, मंगलवार ०७:२३

अस्ट्रेलियामा दुई हेलिकप्टर एकापसमा ठोक्किन पुगेको छ । दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

क्विन्सल्यान्डका प्रहरी सेवाका कार्यवहाक निरीक्षक ग्यारी वोरिलका अनुसार दुर्घटना लगत्तै घटनास्थलमा उद्दार टोली र प्रहरी परिचालन गरिएको थियो ।

घटनाबारे अस्ट्रेलियाको यातायात सुरक्षा व्युरोले अनुसन्धान सुरु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*