ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए शपथ

जनपत्र
१८ पुष २०७९, सोमबार ०८:१२

लुला इनासियो लुला दा सिल्भाले ब्राजिलको नयाँ राष्ट्रपतिको रूपमा पद तथा गोपनियताको शपथ लिएका छन्।

आइतबार कार्यभार सम्हालेका लुला तेस्रोपटक देशको सर्वोच्च पदमा पुगेका हुन्।

उनले यसअघि सन् २००३ र सन् २०१० मा देशको नेतृत्व गरेका थिए।

अक्टोबरको चुनावमा उनले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई हराएका हुन्।

उनले पूर्वराष्ट्रपति जाइर बोल्सोनारोको लोकतन्त्र विरोधी चुनौतीको आलोचना गर्दै दक्षिण पन्थी बोल्सोनारोलाई अभियोजन गर्न र भोकमरी, गरिबी र जातीयवादले ग्रसित ब्राजिललाई उद्धार गर्न एउटा कठोर परिवर्तनको कदम लिने बाचा गरे।

पराजित भएपछि गत शुक्रबार देश छाडेर अमेरिका प्रस्थान गरेका बोल्सोनारोले चुनावी परिणाममालाई अस्वीकार गरेका छन्।

बोल्सोनारोको ४ वर्षे कार्यकालमा अमाजोन रेनफरेस्टको वातावरणप्रति संवेदनहीनता, हातहतियार कानूनमा लचिलोपन, आदिवासी जनजाती र अल्पसंख्यकलाई कमजोर सुरक्षालगायत अन्य सार्वजनिक मामिलाका विषयमा लुलाले फरक नीति पछ्याउने अपेक्षा गरिएको छ।

लुलाले ब्राजिलका जनतामा आशाको भावना जगाउनका लागि राष्ट्रको पुनर्निर्माण गर्दै सबैका लागि ब्राजिल बनाउने वाचासमेत गरेका छन्।

बोल्सोनारोले पीडादायी ध्रुवीकृत गरेको ब्राजिलको राजनीतिले आर्थिक वृद्धि गर्नुपर्ने समाजवादी वाम राष्ट्रपति लुलाका लागि चुनौती रहेको छ।
एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*