युगान्डामा नयाँ वर्ष मनाउने क्रममा भागदाैड हुँदा नौ जनाको ज्यान गयाे

जनपत्र
१७ पुष २०७९, आईतवार १८:४३

unn.prixa.net

युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा भागदाैड हुँदा कम्तीमा नौ जनाको ज्यान गएकाे छ भने अन्य थुप्रै घाइते भएका  छन् ।

प्रहरीका अनुसार नयाँ वर्षमा राजधानी कम्पालाकाे एक शपिङ मलमा आयोजित सङ्गीत कार्यक्रममा सहभागी भएका कैयौँ किशोरी भागदौडमा घाइते भएका थिए । याे घटना मध्यरातमा भएको थियो ।  कार्यक्रमका उद्घोषकले उपस्थित व्यक्तिलाई आतिशबाजी गर्न प्रोत्साहित गरेपछि भागदौड भएकाे थियाे ।

प्रदर्शन सकिएपछि भागदौड भएकाे पाँच जनाको घटनास्थलमै ज्यान गएकाे थियाे भने अन्य थुप्रै घाइते भएका थिए । अन्य केहीको उपचारका क्रममा ज्यान गएकाे थियाे ।

काेभिड–१९ काे दुई वर्षे प्रतिबन्धपछि विश्वका अन्य देशमा जस्तै युगान्डामा पनि नयाँ वर्षकाे उत्सव मनाउने क्रममा याे घटना भएकाे प्रहरीले विज्ञप्तिमा भनेकाे छ । यसबारेमा अनुसन्धन गरिने प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*