मन्त्रिपरिषद् विस्तार हुन अझै १०/१५ दिन लाग्न सक्छ : अध्यक्ष ओली

जनपत्र
१७ पुष २०७९, आईतवार १७:३१

काठमाण्डाै – सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार हुन अझै १०/१५ दिन लाग्न सक्ने सङ्केत गर्नुभएको छ । अध्यक्ष ओलीले खेलकुदमन्त्री अहिले नभएको प्रसङ्ग उल्लेख गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताउनुभएको हो ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रहसमेत गर्नुभयो । उहाँले खेलाडीले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उनीहरूको त्याे माग सरकारसमक्ष पुर्‍याउन आफू लागिपर्ने आश्वासनसमेत दिनुभयो । नयाँ खेलकुदमन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने अध्यक्ष ओलीको भनाइ थियो । उहाँले भन्नुभयो, ‘सरकारले खेल क्षेत्रलाई राम्रोसँग हेरेको छैन भन्ने तपाईँहरूको गुनासाेलाई म सरकारसमक्ष पुर्‍याउँछु । अहिले त खेलकुदमन्त्री नै छैन । खेलकुदमन्त्री आउन १०/१५ दिन लाग्न पनि सक्छ ।’

अध्यक्ष ओलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी भएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाली खेलाडीले पनि आफूलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । त्यस अवसरमा उहाँले यस एकेडेमीलाई अक्षय कोष स्थापना गर्न ढिलाइ नगर्न आग्रह गर्दै आफूले दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*