अंग्रेजी नयाँ वर्ष सुरु, विभिन्न कार्यक्रम गरी मनाइँदै

जनपत्र
१७ पुष २०७९, आईतवार ०७:५३

ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष सुरु भएको छ। सन् २०२२ लाई बिदाइ गर्दै सन् २०२३ सुरु भएको हो।

यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ। अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन्।

इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (यशु) को सम्झनामा उनको निधनपछि अनुयायीले यो सम्वत् प्रचलनमा ल्याएका हुन्। इस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि केहीवर्ष अघिदेखि अंग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ।

विशेष गरी युवापुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई मनाउने गरेका छन्। विदेशी पर्यटकको भिडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा आव विशेष कार्यक्रम हुँदै छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*