कञ्चनपुरमा हतियारसहित भारतीय लुटेरा पक्राउ

जनपत्र
१६ पुष २०७९, शनिबार १४:२१

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१ काे वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताउनुभयो ।

पक्राउ परेकाहरुबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ ।

“शुक्रबार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्”, उहाँले भन्नुभयो, “ती भारतीय नागरिक लुटपाटको उद्देश्यले आएको खुलेको छ ।”

पाँच जनाको समूहमा आएका भारतीय लुटेरामध्ये दुई फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो केही समययता सीमावर्ती क्षेत्रमा लुटपाटका घटना हुने गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*