आत्मनिर्भर बनाउन मौरीको ४० घार बाडियो
नारी सीप सृजना केन्द्र मकवानपुरले मौरीको मह उत्पादन गर्नका लागि चारवटा समूहलाई सहयोग गरेको छ । हेटौंडा उपमहानगरपालिका सहित मनहरी गाउँपलिकाकाको चार समूहलाई १०/१० वटाका दरले मौरीको घार बितरण गरेको हो । हेटौैंडाको वडा नम्बर १७ र १९ तथा मनहरीको १ र ४ वडाका ६० जना स्थानीयहरुलाई तालिम दिएपछि आत्मनिर्भर र स्वभलम्बी बनाउनका लागि घार प्रदान गरिएको नारी सीप सृजना केन्द्रकी अध्यक्ष उमा सुवेदीले जानकारी दिनुभयो । नारी सीप सृजना केन्द्रले ए.डब्लु.ओ.ईन्टरनेशनलसंगको साँझेदारीमा संचालित मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजना अन्तरगत सो कार्यक्रम संचालन गरिएको उक्त कार्यक्रमकी संयोजक ज्योति बोम्जनले बताउनुभयो ।