आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

जनपत्र
१६ पुष २०७९, शनिबार ०७:५४

नेपाली कांग्रेस र उसका भ्रातृ सङ्गठनहरुले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् ।

२०३३ सालको पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह लगायत शीर्ष नेता आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई कांग्रेसले मेलमिलाप दिवसको रुपमा मनाउने गरेको छ ।

नेपालमा प्रजातान्त्रिक गतिविधि गरेको आरोपमा भारतमा निर्वासित हुनुपरेका बेला तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी लगायत नेताहरुले गरेको व्यवहारप्रति असन्तुष्ट बन्दै कांग्रेस नेताहरु नेपालमै बसेर प्रजातन्त्रका लागि लड्ने घोषणासहित नेपाल फर्किएका थिए । तर कांग्रेस नेताहरुलाई पक्राउ गरी जेल चलान गरिएको थियो ।

यही दिनको सम्झनामा कांग्रेसले हरेक पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*