हेटौंडाका महिलालाई नेतृत्व तहमा पुर्याउन तालिम
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ का महिलाहरुलाई हरेक क्षेत्रका नेतृत्व तहमा पुर्याउनका लागि तालिम दिन सुरु गरिएको छ । हेटौंडा–२ वडा समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा तालिम दिन सुरु गरिएको हो ।
हेटौंडा–२ का २० वडा टोल विकास संस्थाका अध्यक्ष, सचिब र वडा समन्वय समितिका पदाधिकारीलाई तालिम दिन सुरु गरिएको हो । तालिमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले नेतृत्व विकासमा महिलाहरु जुट्दै यहाँको सुन्दरतालाई जोड दिनका लागि आग्रह गर्नुभयो । हेटौंडालाई हरियाली र सफा सहरका रुपमा विकास गर्ने अभियानमा जुट्नका लागि टोल विकास संस्थाको महत्वपूर्ण योगदान रहेको वताउनुभयो ।

कार्यक्रममा उपमहानगपालिकाका सामाजिक विकास महासाखाका प्रमुख भिम तिमल्सीना, टोल विकास संस्था नगरसमन्वय समितिका अध्यक्ष धुर्ब अधिकारी, महासचिब शिबहरी दाहाल, गैर सरकारी संस्था महासंघ मकवानपुरका कमल कुमार विश्वकर्मा लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । हेटौंडा–२ वडा समन्वय समितिका अध्यक्ष मनिषा घलेको अध्यक्षतामा भएको कार्यक्रम समितिका सचिब गिता तिमल्सीनाले सञ्चालन गर्नु भएको थियो ।







