मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यद्वारा शपथ ग्रहण

जनपत्र
१५ पुष २०७९, शुक्रबार १७:१९

महाेत्तरी – मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएकाे हाे ।

शपथ लिन बाँकी रहेका प्रदेश सभा सदस्यहरुमध्ये १ सय ४ जना प्रदेश सभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् भने २ जना प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ । सर्वोच्च अदालतको आदेशका कारण मधेस प्रदेशका २ जना प्रदेश सभा सदस्यको शपथ ग्रहण रोकिएको हाे।

सर्वोच्च अदालतले माला कर्ण र मोहम्मद रजी हैदरलाई निर्वाचित भएको घोषणा हुन बाँकी रहेकाले कुनै काम कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएकाले शपथ रोकिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतले गएकाे मंसिर २९ गते यी दुवैको हकमा फैसला सुनाएको थियो। उनीहरु दुवै माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । दुवैलाई समानुपातिक कोटामा उम्मेदवार बनाइएको हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*