जापानमा कोभिड संक्रमण दर बढ्यो, विमानस्थलमा सतर्कता

जनपत्र
१५ पुष २०७९, शुक्रबार ०७:१७

जापानमा बिहीबारसम्म १ लाख ९२ हजार ६३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण दर बढ्दै गएपछि जापान सरकारले विशेषगरी विमानस्थलमा सतर्कता बढाएको छ । त्यहाँ हिजोसम्म ४२० जना संक्रमितको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमण यसअघि गम्भीरतासाथ नलिएको जापान सरकारले पछिल्लो दुई महिनामा महामारीको रुप लिएपछि अहिले गम्भीरतासाथ लिएको छ । खासगरी टोकियो, खानागावा, चिबा, ओसाका, फुकुओका तथा होक्काईदो लगायतका मुख्य शहरमा संक्रमितहरुको संख्या बढेको देखिएको छ । संक्रमितहरुको संख्या ह्वात्तै बढेसँगै अस्पतालमा भर्ना र चेकअपका लागि लाइन लाग्नुपर्ने अवस्था सिर्जना भएको छ ।

कोभिड संक्रमण दर बढेसँगै जापान सरकारले आज शुक्रबारदेखि चीनबाट आउने यात्रुलाई विशेष चेकजाँच गर्ने भएको छ । डिसेम्बर ३० बाट चीनबाट आउने यात्रु तथा पछिल्लो ७ दिनभित्रमा चीन गएका सबै यात्रुहरुको एयरपोर्टमा कोरोना परीक्षण अनिवार्य गर्न जापान सरकारले सूचना जारी गरेको छ । संक्रमण पुष्टि भएमा यात्रुहरु होम क्वारेन्टिनमा बस्नुपर्ने सरकारले भनेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*