लिड्सलाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

जनपत्र
१४ पुष २०७९, बिहीबार १२:१०

unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स यूनाइटेडलाई हराएको छ । आज बिहान भएको खेलमा सिटीले घरेलु टोली लिड्सलाई ३–१ गोलले पराजित गरेको हो ।

सिटीका एर्लिङ हलान्डले दुई तथा रोड्रीले एक गोल गरे । लिड्सका पास्कल स्ट्रुजिकले एक गोल फर्काए । जितसँगै म्यानचेस्टर सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको १५ खेलमा ३५ अंक भएको छ । शीर्षस्थानमा रहेको आर्सनलको १५ खेलमा ४० अंक छ । सिटीसँग पराजित भएको लिड्स यूनाइटेड १५ खेलमा १५ अंकका साथ १५औं स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*