एमालेले बागमती प्रदेशसमा संसदीय दलको नेता चयन गर्दै, सहमतीबाट नेतामा थपलीयालाई चयन गर्ने तयारी

जनपत्र
१४ पुष २०७९, बिहीबार ०६:३३

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बागमती प्रदेशसमा सचिवालयमा आज संसदीय दलको नेता चयन गर्दै छ । एमालेको संसदीय दलको नेता चयन गर्नका लागि ११ बजेका लागि बैठक बोलाइएको र त्यसपछी नेता चयन गर्ने तयारी गरिएको छ ।

एमाले संसदीय दलको बैठकबाट सर्ब सहमतीबाट एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका चितवनबाट निर्वाचित जेएन थपलीया संसदीय दलको नेता चयन गर्ने तयारी भएको एमालेका प्रदेशका सांसदहरु वताउँछन् ।

प्रदेशका सांसदहरुको छलफल र केन्द्रको निर्देशन बमोजिम संसदीय दलको नेता चयन गर्ने भएकाले अहिले सम्मको अवस्थामा दलको नेतामा थपलीया हुने लगभग पक्का भएको एमालेका नेताहरु वताउँछन् ।

दिउसो २ बजेका लागि प्रदेशसभा सचिवालयले सपथग्रहण कार्यक्रम गर्ने तयारी गरेको छ । त्यसभन्दा अगाडी संसदीय दलको नेता चयन भइसक्ने र सपथग्रहण कार्यक्रममा सहभागि हुने एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले वताउनुभयो ।

हाल सम्म एमालेले बागमती प्रदेश सरकारको नेतृत्व पनि गर्ने केन्द्रमा सहमती भएको छ । त्यसैले एमालेले आज संसदीय दलको नेता चयन गरेपछी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो पनि खुल्ला रहने छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*