एमाले बागमतीको संसदीय दलको चुनाव पुस १४ गते हेटौंडामा हुँदै, थपलीया संसदीय दलको नेता हुने संभावना

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशको संसदीय दलको चुनाव पुस १४ गते हेटौंडामा हने भएको छ । पुस १४ गते बिहान हेटौंडा स्थित पार्टी कार्यालयमा संसदीय दलको चुनाव हुने भएको हो । एमालेमा संसदीय दलको नेतामा धेरैले आकांक्षा राखेका छैनन् । मुख्यमन्त्रीका दावेदार नेताहरु मंसिर ४ गतेको चुनावमा पराजित भएपछी जेएन थपलीया संसदीय दलको नेता हुने संभावना रहेको छ ।
एमालेका केन्द्रीय सदस्य समेर रहनु भएका थपलीया सर्बसहमतीबाट बागमती प्रदेशको संसदीय दलको नेतामा चुनीने संभावना रहेको छ । बागमती प्रदेशमा एमालेले मुख्यमन्त्रीको लागि दावि गरेको छ । तर, यस प्रदेशमा नेकपा माओबादी केन्द्रले मुख्यमन्त्री लिएर एमालेले सभामुख लिने चर्चा पनि हुन थालेको एमालेकै नेताहरु वताउँछन् । थपलियाले भने सभामुखमा भन्दा पनि मुख्यमन्त्रीका लागि दावि गरिरहनु भएको छ । सरकारको कार्यकारी पदमा रहेर प्रदेशभरीका नागरिकका सेवा गर्ने उहाँको चाहना छ । तर, एमाले, माओबादीको भागबण्डामा यस प्रदेश एमालेको भागमा पर्ने संभावना कम रहेको नेताहरु वताउँछन् ।