जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्याेग मन्त्री बन्ने

जनपत्र
११ पुष २०७९, सोमबार १५:०९

काठमाण्डाै – जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्नु हुने भएको छ ।

सङ्घीय संसद् भवनमा भएको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपाध्यक्ष खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिन लाग्नुभएको जानकारी गराउनुभएको हो ।

जनमत पार्टीले प्रतिनिधि सभामा छ सिट जितेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*