पाकिस्तानका प्रधानमन्त्री शहबाजद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

जनपत्र
११ पुष २०७९, सोमबार १३:३९

काठमाण्डाै – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिनुभएकाे छ । शरीफले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सफल कार्यकालकाे लागि शुभकामना दिनुभएकाे हाे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिजाे आइतवार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । शरीफले ट्विटरमार्फत् प्रचण्डकाे यस कार्यकालमा नेपाल र पाकिस्तानबीचकाे द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएकाे छ ।

प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजै पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । प्रचण्डलाई भारतका प्रधानमन्त्री नरेन्द्र माेदी, नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिन तथा भारतीय राजदूत नवीन श्रीवास्तवले बधाई तथा शुभकामना दिनुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*