सत्ता गठबन्धनकाे बैठक सुरु

जनपत्र
११ पुष २०७९, सोमबार १३:२४

काठमाण्डाै – नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितकाे सत्ता गठबन्धनकाे बैठक सुरु भएकाे छ । मन्त्रालय भागबन्डामा छलफल गर्न केहीबेरअघि संसद् भवन नयाँ बानेश्वरमा सुरु भएकाे हाे ।

बैठकमा माओवादीका नवनियुक्त प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्ववा) का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र जनता समाजवादी पार्टीका पदाधिकारी सहभागी हुनुहुन्छ ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आजै दिउँसाे ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । आजै सानाे आकारकाे मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।

माथिका सात दल र तीन जना स्वतन्त्र सांसद गरी एक सय ६९ सांसदको समर्थनमा प्रचण्ड हिजाे आइतवार तेस्राे पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*