नेपाल टी–२० क्रिकेट : फार वेस्ट युनाइटेडको पहिलो जित, काठमाण्डौ ४ विकेटले पराजित

जनपत्र
११ पुष २०७९, सोमबार १२:४०

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा फार वेस्ट युनाइटेड विजयी भएको छ । काठमाण्डौ नाइट्सलाई ४ विकेटले पराजित गर्दै फार वेस्टले जित हासिल गरेको हो ।

प्रतियोगितामा फार वेस्टको यो पहिलो जित हो । कीर्तिपुर मैदानमा काठमाण्डौसँगको खेलमा ९९ रनको लक्ष्य पछ्याएको फार वेस्टले १९ ओभरमा १ बलमा ६ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

फार वेस्टको जितमा हशमतुल्लाह शाहिदीले अविजित ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, देव खनालले १७ र भीम सार्कीले ११ रन बनाए । अरुले दोहोरो अङ्क जोड्न सकेनन् । काठमाण्डौका लागि  अनिल खरेलले २ तथा अजमुतल्लाह ओमारजाई, रायन ब्रुल, बसिर अहमद र अविनाश बोहोराले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको थियो ।

यस्तै, आजै विराटनगर सुपर किङ्ग्स र जनकपुर रोयल्स पनि खेल्दैछन् । खेल दिउँसो १ बजे कीर्तिपुर मैदानमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*