तीन वटा टाउको भएको शिशुको जन्म

भारतमा चिकित्सकहरुलाई नै आश्चर्यमा पार्ने एक शिशुको जन्म भएको छ । भारतको उत्तर प्रदेश राज्यमा तीन वटा टाउको भएको शिशुको जन्म भएको छ यो अनौठो जन्म जुलाई ११ मा उत्तर प्रदेशको इटाहा जिल्लाको एक प्राथमिक स्वास्थ केन्द्रमा भएको हो । शिशुको मुख्य टाउकोबाट दुई वटा अलग टाउकोजस्तो भाग देखिएको छ । ‘महिलाको यौनाङग भइको बच्चाको तीन वटा टाउको छ । उनी टीभीहरुमा देखिने एलियनजस्तै देखिन्छिन् ,’ यो अनौठो बच्चाको जन्म देखेकी बिज्जी ठाकूले भनिन् । अझ ती अनौठो शिशुलाई उनको आमाले अपरेशन बीना नै जन्म दिएकोमा चिकित्सकहरु पनि आश्चर्यमा परेका छन् ।
बच्चाको थप उपचारका लागि उनको जन्म भएको प्राथमिक केन्द्रमा पर्याप्त सुविधा नभएकाले उनलाई जिल्ला अस्पताल इताहमा रिफर गरिएको थियो । डाक्टरहरुले बच्चाको एमआरआई गर्ने र नवजात शिशुको दिमागको वास्तविक अवस्था पहिचान गर्ने बताएका छन् ।
‘यो विरलै हुने चिकित्सकीय अवस्था हो । तर शिशुको शरीर पूर्ण रुपमा विकसित नभएकाले अहिले छुट्याउन सकिने सम्भावना हुन्छ । त्यही भएर हामी एमआरआई गरेर शल्यक्रिया गर्नेछौं ,’ इताह जिल्ला अस्पतालका प्रमुख चिकित्सकीय परिवेक्षक राजेश ठाकूरले भने । अतिरिक्त टाउको भएको बच्चाको जन्मको घटना विश्वभरी भइरहन्छ । तर तीन वटा टाउको सहित जन्मेको भने त्यति सुनिँदैन । यो चिकित्सकीय अवस्थालाई ‘इन्सेफलोसेल’ भनिन्छ । रिपोर्ट अनुसार यो अवस्थाका साथ जन्मिएका बालबालिकाको बाँच्ने सम्भावना ५५ प्रतिशत हुन्छ ।