यस्तो रहनेछ आज आइतबारको मौसम

मौसम पूर्वानुमान महाशाखाले आजको मौसमबारे पूर्वानुमान गरेको छ। आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
यतिबेला गण्डकी र बागमती प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।