माओवादीविनै पनि यसरी बनाउन सक्छ कांग्रेसले सरकार

जनपत्र
१० पुष २०७९, आईतवार ०७:५१

नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व आफूले सुरुमा नपाए गठबन्धनबाट अलग हुने सन्देश नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइसकेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता वर्षमान पुनले यस्तो स्पष्ट संकेत गरेपछि नेपाली कांग्रेसका नेताहरु प्रतिनिधिसभाका अन्य दलहरुसँग पनि छलफलमा व्यस्त हुन थालेका छन् ।

माओवादीविना नै नयाँ सरकार गठनको सम्भावनामा काम गर्न कांग्रेसले तीव्र गतिमा वार्ताहरु अगाडि बढाएको हो ।

कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग मिलेर सरकार बनाउन सकिने यो सम्भावना देखेको हो ।

यी सबै दलको प्रतिनिधिसभाको सिट संख्या जोड्दा १४३ पुग्ने भएकाले कांग्रेसले यो विकल्पमा पनि आफ्ना छलफल अगाडि बढाएको छ ।

प्रतिनिधि सभामा कांग्रेसका ८९ सांसद रहेका छन् । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसद छन् । नेकपा एसका १०, राप्रपाका १४, जनतम पार्टीका ६, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४ सांसद रहेका छन् ।

यी सबै सांसदहरुलाई जोड्दा कांग्रेसलाई नयाँ सरकार गठनका लागि स्पष्ट बहुमत पुग्छ ।

त्यसैले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्नु पर्ने अडान कायम राखेमा कांग्रेसले यो विकल्पमाथि पनि काम गर्न सक्ने नेपाली कांग्रेसका एक नेताले फरकधारलाई बताए ।

उनका अनुसार यो विकल्पमा काम गर्नका लागि देउवाले आफूनिकट नेताहरुलाई वार्ताका लागि अगाडि बढाएका पनि छन् । फरकधारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*