गठबन्धन नटुटेसम्म एमाले नयाँ सरकार निर्माणकाे प्रक्रियामा सहभागी हुँदैन : ईश्वर पोखरेल

जनपत्र
९ पुष २०७९, शनिबार ११:५३

धनकुटा – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन नटुटेसम्म नेकपा एमाले नयाँ सरकार निर्माणकाे प्रक्रियामा सहभागी नहुने बताउनु भएकाे छ ।

आज शनिवार प्रेस चौतारी नेपाल धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिलेकाे गठबन्धन लोकतन्त्र, देशको हितमा नरहेकाले एमाले सरकारी बनाउने खेलमा नरहेको बताउनु भएकाे हाे ।

पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका उहाँले भर्खरै सम्पन्न चुनावमा नागरिकले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताउनु भयाे ।

गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने उहाँले बताउनु भयाे । नेपाल उत्पीडित जातीय मुक्ति समाज १ नं. प्रदेश समितिले आफ्नो ३५औं स्थापना दिवसको अवसरमा शहीदभूमि गाउँपालिकाको शहीदपार्कमा आयाेजना गरेकाे शहीद परिवारलाई सम्मान कार्यक्रममा पोखरेलले सम्बाेधन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*