एमालेसँग पनि सरकार गठनबारे छलफल भइरहेकाे छ : कृष्णबहादुर महरा

जनपत्र
९ पुष २०७९, शनिबार ११:४१

बाँके – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच पनि छलफल भइरहेको बताउनुभएको छ ।  एमालेसँग सरकार गठनका लागि छलफल भए पनि नयाँ सरकार भने गठबन्धनकै बन्ने उहाँको दाबी छ ।

प्रेस सेन्टर बाँकेले शनिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष महराले राष्ट्रपतिले दिएको समयसीमा आइतवारसम्म सरकार गठनका लागि गठबन्धनभित्रै सहमति जुट्ने विश्वास  व्यक्त गर्नुभयो । प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादी केन्द्रको दाबीमा अहिलेसम्म सहमति नजुटेको उहाँको भनाइ छ ।

उपाध्यक्ष महराले समाजवादी विचारधारा राख्ने बाम र गैर बाम पार्टीको संयुक्त मोर्चा बनाउन ५/६ वटा राजनीतिक पार्टीसँग सकारात्मक छलफल अघि बढेको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*