नागरिकलाई पुन: मास्क लगाउन भारतीय प्रधानमन्त्री मोदीको आग्रह

जनपत्र
९ पुष २०७९, शनिबार ०८:२१

भारतले कोभिड संक्रमणका घटनाहरूमा निगरानी बढाइरहेकाबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई पुनस् मास्क लगाउन सुरु गर्न आह्वान गरेका छन् । चीनमा कोभिड संक्रमितको सङ्ख्यामा अप्रत्यासित वृद्धि हुन थालेपछि बिहीबार मोदीले कोरोना समस्या सम्बन्धी एउटा पुनरवलोकन बैठक बोलाएका थिए ।

चीनको नाजुक अवस्था हेरेर भारत शतर्क बनेको हो । प्रधानमन्त्री मोदीले जनतालाई स्वास्थ्य परीक्षणमा जोड दिन र कोभिड नियन्त्रण तथा रोकथाममुखी व्यवहारलाई पुन प्रोत्साहन गर्न आग्रह गरेका छन् ।

कोरोना संक्रमणको दर झरेपछि यसै वर्षको सुरुमा भारतले मास्क लगाउनेलगायत कोभिडसम्बन्धी अन्य नियमहरू फुकुवा गरेको थियो ।

सन् २०२० र २०२२ को दुईवटा भयानक कोरोना संक्रमण लहर भारतले भोगिसकेको छ । सन् २०२१ को गर्मी यामको लहर नियन्त्रण कार्यलाई लिएर सरकारको निकै आलोचना पनि भएको थियो । अक्सिजन आपूर्ति र संवेदनशिल औषधिको अभावमा त्यतिबेला हजारौँ भारतीय जनताले ज्यान गुमाएका थिए ।

बिजीबारको बैठकमा मोदीले सम्पूर्ण राज्यलाई अस्पतालका पूर्वाधारलाई दुरुस्त राख्न तथा अक्सिजन सिलिन्डर र भेन्टिलेटरको आपूर्तिलाई स्वस्थ राख्न अनुरोध गरेका थिए । उनले जनतालाई विचलित हुनुपर्ने केही कारण नै नरहेको भन्दै सम्पूर्ण आवश्यक सजगता अपनाउन पनि आह्वान गरेका थिए ।

सरकारी तथ्यांकका अनुसार अहिले भारतभरि करिब तीन हजार ४ सय कोरोना भाइरसका सक्रिय संक्रमित छन् ।

बीबीसीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*