फिलिपिन्समा ‘भाले जुधाइ’ खेलमा गएका ६ जनाको समूहको नै अपहरण !

जनपत्र
९ पुष २०७९, शनिबार ०८:१७

फिलिपिन्समा कुखुराको भाले जुधाइ प्रतियोगिताका लागि गएको एक समूहलाई अपहरण गरेको आरोपमा ६ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । अपरहणमा परेको ६ जनाको समूह आगामी जनवरीमा राजधानी मनिलामा हुने भाले जुधाइ प्रतियोगितामा भाग लिन जाँदै थियो ।

फिलिपिन्समा भाले जुधाइ निकै लोकप्रिय बाजी राख्ने खेलको रूपमा चिनिन्छ । उनीहरू अचानक रहश्यमय ढंगले बेपत्ता हुँदा भाले जुधाइ खेल जगत नै मर्माहत भएको छ । कोभिड महामारीपछि सरकारले आफ्नो आर्थिक घाटा परिपूर्तिमा भाले जुधाइको लाइभ स्ट्रिमिङबाट उठेको करले सहयोग गरेको पाइएको छ ।

तर, फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टोले परम्परागत भाले जुधाइ खेललाई पुनस् निरन्तरता दिने क्रममा यसको अनलाइन प्रतिस्पर्धा माथि प्रतिबन्ध लगाएका थिए । अपहरणको आरोप लगाइएका छ जनाले भने आफूहरूबाट कुनै गल्ती नभएको अडान लिइरहेका छन् ।

त्यसैगरी एएफपीका अनुसार तीनजना पूर्व प्रहरी अधिकारीलाई सन् २०२१ को अगस्टमा एकजना भाले जुधाइ पारखीलाई उनको घरबाटै अपहरण गरेको आरोप लगाइएको छ । यसरी भाले जुधाइँदा भालेका खुट्टामा धारिला चक्कु बाँध्ने गरिन्छ ।

बीबीसीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*