बागमती प्रदेशसभाका ज्येष्ठ सदस्यको शपथ पुस १३ गते र अरु सांसदको सपथ पुस १४ गते

जनपत्र
८ पुष २०७९, शुक्रबार १६:५९

हेटौंडा । बागमती प्रदेशसभाका ज्येष्ठ सदस्यको शपथ पुस १३ गते हुने भएको छ । त्यसको भोली पल्ट अर्थात पुस १४ गते प्रदेशसभाका अरु १०९ जना सदस्यहरुको सपथ पुस १४ गते सपथ ग्रहण हुने भएको छ ।

आज बिहान प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले पुस १३ गते २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण र १४ गते २ बजे अन्य सदस्यको शपथको मिति तय गरेको कांग्रेस सांसद प्रभात तामाङले जानकारी दिए ।

सपथग्रहणका लागि प्रदेशसभा सचिवालयले सबै तयारी पुरा गरेको जानकारी गराएको छ । प्रदेशसभाको पुरानै भवनमा मर्मत गरेर फेरी दोस्रो कार्यकालका लागि प्रदेशसभा बैठक बस्न लागेको हो ।

प्रदेशसभामा सबै भन्दा जेष्ठ नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले सांसदहरुलाई शपथ गराउनेछन् । त्यस भन्दा अघि उनले प्रदेश प्रमुख यादब चन्द्र शर्मा समक्ष सपथग्रहण गर्ने छन् । प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुखले सपथ गराउनेछन् । उनले बाँकी सांसदलाई शपथ ग्रहण गराएर आगामी अधिवेशनको सुरुवात गर्नेछन् ।

ढुंगानाको अध्यक्षतामा प्रदेशसभाको नयाँ अधिवेशन सञ्चालन हुनेछ । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्था रहेको छ । सोहीअनुसार नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेशसभामा निर्वाचित ढुङ्गानाले प्रदेशसभाको आगामी अधिवेशनको बैठक सञ्चालन गर्नेछन् ।

निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार उनी ७२ वर्षीया हुन् । उनको जन्म २००६ साल असोज २ गते भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*