समाजमा परिवर्तनमा लियोको भुमिका महत्वपुर्ण– उपमेयर मिना लामा

जनपत्र
४ श्रावण २०७६, शनिबार ०६:१४

हेटौडा उपमहानगरपालिकाकाका उप–मेयर मिना लामाले निस्वार्थ भावले सामाजिक सेवा गर्न सके सकारात्मक परिवर्तन सम्भव रहेको बताएकी छिन् ।  लियो क्लव अफ हेटौडा भुटनदेविको पदस्थापना कार्यक्रममा समाज परिर्वतनमा लियोको भुमिका महत्वपुर्ण रहेको भन्दै युवामा भएको जोस जाँगरले सबै क्षेत्रमा परिवर्तन ल्याउन सकिने बताईन । युवाको उत्साहलाई उचित कार्यमा ल्याउन सकेमा हरेक कार्यले सफलता पाउन सक्नेमा द्विविधा नभएको भन्दै लियो समाज प्रति उदरदायि भएर काम गर्न आग्रह गरिन् । उनले भनिन्,आफु पनि लायन्समा आवद्ध रहँदै आएको भन्दै लिलोको काम नजिकबाट नियालेको बताउदै सदैव सहयोग रहनेछ ।

विशिष्ट अथिति समेत रहेका लायन्स ३२५ बि २ नेपालका डिष्ट्रिक एडभाइजर लायन शुक्रितराज पराजुलीले लायन्ससंग सहकार्य गर्दै लियोले समाजमा सकरात्मक कामहरु गर्नुपर्ने बताए । उहाँले लियोलाई सहयोग गर्न हरदम तयार रहेको प्रतिवद्धता जनाउँदै प्रभावकारी कार्यक्रमहरु गर्न आग्रह गरे ।

लायन्स क्लब अफ हेटौँडा भुटनदेविकी अध्यक्ष लायन गौरी चिमरियाले लियोले गरेका कार्यको प्रसशा गरिन् । समाजमा लियोको योगदान ठुलो रहेको बताउदै लायन्सलाई हरपलमा साथ दिएको बताईन् । नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिँदै समाजका लागि उदाहरणीय कार्य गर्न आग्रह समेत गरिन् ।

रिजन चिर्यस प्रशन लायन अकिंता सुमार्गीले समाजप्रति उत्तरदायी भएमा मात्रै लियोको सार्थकता हुने भन्दै यसका लागि सबै लियोहरुको भुमिका महत्वपूर्ण हुने बताइन् । बर्ष २०१८÷ १९ का कार्य समितिले गरेको कार्य प्रशंसानिय रहेको बताउदै यस वर्षको कार्यकालमा पनि त्यो भन्दा धेरै र राम्रा कार्य गर्न नयाँ कार्यसमितिलाई शुभकामना दिइन् ।

लियो ३२५ बि २ नेपाल रिजन २ को रिजन कोअर्डिनेटर शुसान्त खतिवडाले यसवर्ष पनि क्लवले विगतका जस्तै सकरात्मक र प्रभावकारी कार्यहरु गर्दै जानेमा विश्वास लिएको बताएका छन् । रिजनबाट सक्दो साथ सहयोग रहने बताउदै नयाँ फरक कार्य गर्न नयाँ कार्यसमितिलाई शुभकामना दिए ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सह–सचिव तथा खबरब्रेक डटकमका प्रमुख धमेन्द्र दाहालले विभिन्न जिल्लाको तुलनामा मकवानपुर जिल्लामा लियोले समाजमा गरेको योगदान कदर योग्य रहेको बताए । समाज परिवर्तनमा लियोको भुमिका महत्वपुर्ण रहेको भन्दै नयाँ कार्यसमितिलाई बधाई दिए ।

सिआन पुर्नस्थापना केन्द्रका अध्यक्ष प्रमुख सौजन डिसिले युवाहरु लागुऔषधमा फसिरहेको अवस्थामा लियोका युवाहरु समाजमा केहि गर्नु पर्छ भनेर अगाडि बढ्नु सकरात्मक रहेको बताए । सो कार्यक्रममा लायन्स क्लब अफ हेटौँडा भुटनदेविकी ईलेक्टेड अध्यक्ष लायन सिता महर्जन, लायन्स कल्ब अफ हेटौडा मुक्तिनाथका अध्यक्ष लायन विकेश लाल श्रेष्ठ, लियो ३२५ बि २ नेपालका डिष्ट्रिक्ट डाईरेक्टर लियो सुवास न्यौपाने, एरिया को चिफ लियो सौरभ अधिकारी लगायत हेटौडाका लियो क्लवका अध्यक्ष तथा पदाधिकारीहरुको आथित्यता रहेको थियो ।

लियो भुटनदेविमा कालिराजको कार्यकाल शुरु

समाजिक क्षेत्रमा सकृय रहेको लियो क्लव अफ हेटौडा भुटनदेविका ५ आँै अध्यक्षले  शुक्रबारबाट आफनो पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण संगै संचारकर्र्मी समेत रहेका रुपक कालिराजले लियो वर्ष २०१९/२० को लागि अध्यक्ष पदमा रहेर कार्य गर्ने छन् । यस अघिका अध्यक्ष अनिल अधिकारीले नव निर्वाचित अध्यक्ष कालिराजलार्ई एक कार्यक्रमका विच पद हस्तान्तरण गरेका हुन् ।

पद हस्तान्तरण पछि नव निर्वाचित अध्यक्ष कालिराजले क्लवका सम्पुर्ण सदस्य र अग्रजहरुको सल्लाहमा आगामी दिनमा के कस्ता कार्य गर्ने भन्ने योजना बनाउने बताए । कालिराजले आफु भन्दा केहि भाग्यमानीलाई सहयोग गरौँ,हामी सेवा गछौँ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै समाजमा सकेको योगदान गर्ने बताए । यसवर्ष पनि क्लवले विगतका जस्तै सकरात्मक र प्रभावकारी कार्यहरु गर्दै जाने प्रतिवद्धता समेत जनाएका छन् । उहाँले क्लवलाई अगाडि बढाउन सबैको सहयोग चाहिने उल्लेख गरे । त्यस्तै सचिवको पदभार लियो रिजन सापकोटा र कोषाध्यक्ष लियो मेनुका ब्लोनले आगामि कार्यकालको लागि पदभार ग्रहन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*