बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा कसले मार्ला बाजी ? संस्थापनबाटै लामा र बानियाँ निर्वाचनमा भिड्दै

जनपत्र
८ पुष २०७९, शुक्रबार ०७:४९

हेटौंडा । बागमती प्रदेशसभामा नेपाली कांग्रस संसदीय दलको नेतामा दुइ जना नेताका बिचमा प्रतिस्पर्धा हुने भएको छ । पुस १३ गते हुने निर्वाचनमा आफ्ना पक्षमा सांसदहरु ल्याउनका लागि दुइ जना नेताहरुले लभिङ गरिरहेका छन् । धेरै सांसदलाई मन्त्रीको लोभ पनि देखाएका छन् ।

आफु मुख्य मन्त्री बन्ने र अरुलाई मन्त्री बनाउने र प्रदेश सरकारका योजनामा पनि प्राथमिकता दिने बताइ रहेका छन् । संसदीय दलको नेतामा नेपाली कांग्रेस बागमती प्रदेश निर्वाचन समितिले दलको नेता चयनका लागि निर्वाचनसम्बन्धी कार्यक्रम तय गरेको हो ।

निर्वाचन समिति संयोजक चन्द्र महर्जनले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा मतदात कार्य हुने जानकारी दिए । यसअघि दलको निर्वाचन काठमाडौंमा गर्ने की हेटौँडामा भन्ने विषय टुंगिएको थिएन । अधिकांश सांसदले निर्वाचन काठमाडौंमै गनुपर्ने राय राखे पनि अन्ततः समितिले निर्वाचन हेटौँडामा गर्ने भएको छ ।

बागमती प्रदेशसभामा कांग्रेसको ३७ सिट छ । प्रत्यक्षमा २५ सिट जितेको कांग्रेसले समानुपातिकबाट १२ सिट ल्याएको थियो । कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल हो ।

संसदीय दलको नेतामा नुवाकोटबाट निर्वाचित बहादुर सिं लामा र मकवानपुरबाट निर्वाचित इन्द्रबहादुर बानियाँको दाबी रहँदै आएको छ । लामा र बानियाँ दुवै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । बागमतीका ३७ सांसदमध्ये संस्थापन पक्षका मात्रै ३२ जना रहेको जनाइएको छ ।

शेखर कोइराला पक्षका सांसद ५ जना रहेको जनाइएको छ । कोइराला समूहबाट हालसम्म दलको नेतामा दाबी नरहेको बुझिएको छ । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले कांग्रेस बागमती दलको निर्वाचन रोचक मोडमा पुगेको छ । मुख्यमन्त्रीमा लामा र बानियाँले पार्टी नेतृत्वमा निरन्तर दबाब दिँदै आएका छन् । गठबन्धनको भागवण्डामा पनि बागमतीको मुख्यमन्त्री कांग्रेसले पाउने सम्भावना बढी रहेको नेताहरू बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*