सांसदको शपथ लिएपछि विश्वप्रकाशले भने : राजनीतिक रुपमा अर्को जन्म लिएँ

जनपत्र
७ पुष २०७९, बिहीबार १६:२१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले बिहीबरदेखि आफ्नो राजनीतिक जन्म भएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूलाई राजनीतिक रुपमा अर्को जन्म लिएको महसुुस भएको बताए ।

शर्माको जन्मदिन बुधबार परेको थियो । ‘म पहिलोपटक सांसदको रुपमा शपथ लिएर आएको छु । शपथ लिँदै गर्दा अक्षरहरु पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ’ उनले भने, ‘जन्मदिनकै सेरोफेरोमा यी गतिविधिहरु भएका छन् । जन्मदिनकै सेरोफेरोमा मैले राजनीतिक रुपमा अर्को जन्म भएको महशुस गरेँ । मैले इमान्दारितापूर्वक कार्य गर्नुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*