समृद्ध नेपाल बनाउने अभिभारा इन्जिनियरको हातमा छ–मेयर महत
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले समृद्ध नेपाल बनाउने अभिभारा इन्जिनियरहरुको हातमा रहेको बताउनुभएको छ । नेपाल इन्जिनियरर्स एशोशिएसन ३ नम्बर प्रदेश कार्यकारिणी समितिको आयोजनामा ५७ औ इन्जिनियर दिवसका अवसरमा आज हेटौंडामा सञ्चालन भएको सेमिनारको उद्घाटन् गर्दै उहाँले प्राबिधिकहरुले राम्रो संग काम गरेमा समृद्ध नेपाल निर्माण गर्न कुनै समस्या नहुने बताउनुभयो ।
अव राजनीतिक लडाई सकिएकाले अब समृद्धकिो यात्रा सुरु गरिने बताउनुभयो । कुनैपनि बिकाश निर्माणको काम गर्दा लागत स्टमेटबाटनै भ्रष्टाचार सुरु हुने बताउँदै उहाँले भन्नुभयो–‘सबै प्राबिधिकहरुले लगनसिल भएर काम गर्ने र राजनीतिक दलका नेता, मन्त्री, जनप्रतिनिधि सचिएमा राम्रो काम गर्न सकिने छ ।’
नेपाल इन्जिनियरर्स एशोशिएसन ३ नम्बर प्रदेश कार्यकारिणी समितिका अध्यक्ष नन्दलाल वन्जाडेले देशभरीमा ५० हजार जना इन्जिनियर निजी र सरकारी क्षेत्रमा काम गरिरहेको बताउनुभयो । देशमा भएका इन्जिनियर मध्य धेरैले पूर्वाधारको क्षेत्रमा काम गरेको बताउनुभयो । आजको सेमिनारमा बिभीन्न प्रस्तुतीकरण गरिएको थियो । आजै हेटौंडामा गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए । यसैगरी मैत्रीपूर्ण फुडसल प्रतियोगिता पनि गरिएको छ ।