यी हुन् विश्व फुटबलका उत्कृष्ट पाँच गोलरक्षकहरु

जनपत्र
२ श्रावण २०७६, बिहीबार ०६:१७

फुटबलमा सबैभन्दा महत्वपूर्ण भूमिका गोलरक्षकको हुन्छ । हरेक खेललाई कस्तो बनाउने भन्ने गोल रक्षकको हातमा पनि हुन्छ । अझ भनौं कतिपय खेलहरुमा यस्तो अवस्था अएको हुन्छ कि पुरै खेल गोलरक्षकले सम्हाल्नु पर्दछ ।  त्यसैले हरेक खेलमा गोलरक्षकले मुख्य भूमिका खेलेका हुन्छन् । खेलमा कहिले पेनाल्टी आएमा भने गोलरक्षक अझै ठूलो भूमिका रहन्छ ।
यहाँ विश्व फुटबलमा उत्कृष्ट पाँच गोलरक्षकको चर्चा स्पोटर्स किडाले गरेको  छः

५) एलिसन बेकर

एलिसन बेकर सन् २०१८ मा विश्वकै सबै भन्दा महँगो गोल रक्षक हुन् । इटालीयन क्लब रोमा छाडेर ७२.५ मिलियन युरोमा लिभरपुलमा अनुबन्ध भएका हुन् । २६ वर्षीय ब्राजिलका गोलरक्षक एलिसन २०१८–२०१९ को सिजनमा आफ्नो क्लबलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याउन सहयोग गरे । बेकरले लिभरपुलमा उत्कृष्ट प्रदर्शन गरे । एलिसनले सिजनको अन्त्यमा २१ क्लिन सिट जम्मा गरेका थिए । एलिसनकै उत्कृष्ट प्रदर्शनले लिभरपुलले १४ वर्षपछि च्याम्पियन लिग जितेको थियो ।  एउटै सिजनमा उनले ३ वटा गोल्डेन ग्लोब जितेर विश्व कीर्तिमान कायम राखे । आजसम्म कुनै पनि गोलरक्षकले एउटा सिजनमा ३  वटा गोल्डेन ग्लोब जितेको थिएन ।

४) टेर स्टेगन

२७  वर्षीय टेर स्टेगन जर्मनीका गोलरक्षक हुन् । उनी सन् २०१४ मा १२ मिलियन युरोमा बार्सिलोनामा आएका हुन् । बार्सिलोनामा आएको पहिलो सिजनमा नै उनले ट्रेबल अवार्डले सम्मानित भएका थिए । उनले बार्सिलोनालाई कोपा डेल रे, ला लिगा र च्याम्पियन्स लिग जिताउन सहयोग गरेका थिए । यसैगरी २०१७–२०१८ को सिजनमा स्टेगनले बार्सिलोनालाई ला लिगा टाइटल जिताउन सहयोग गरे । उनी बलमात्र रोक्ने काम गर्दैनन् बललाई सही ठाउँमा पास दिन पनि माहिर छन् ।  टेर स्टेगन बार्सिलोनाका लागि अहिले उत्कृष्ट गोलरक्षकको रुपमा रहेका छन् । क्लबले हाल सम्म उनको विकल्प रोजेको छैन ।

३) थिबाउ कोर्टुवा

कर्टिस बेल्जियमको राष्ट्रिय टिम र स्पेनिस क्लब रियल मड्रिडका गोलरक्षक हुन् । उनी सन् २०१८ मा रियल मड्रिडमा आएका हुन् । उनी एट्लेटिको मड्रिडबाट रियल मड्रिडमा ३८.७ मिलियन युरोमा अनुबन्धित भएका थिए ।  सन् २०१६ मा उनले गोल्डेन ग्लोब अवार्डले सम्मानित भएका थिए । यसैगरी २०१८ को फिफा विश्वकपमा उत्कृष्ट गोलरक्षकको रुपमा पनि गोल्डेन ग्लोबको अवार्डले सम्मानित भएका थिए ।

थिबाउ कोर्टुवाको लागि रियलमा यो सिजन उत्कृष्ट रहन सकेन । उनी आएको पहिलो सिजन रियलले कुनै पनि ठूला अवार्डहरु जित्न भने सकेन ।

२) डेविड  डी जिया

डेविड डी जिया म्यानचेस्टर यूनाईटेड र स्पेनको राष्ट्रिय टिमका गोलरक्षक हुन् । मड्रिडमा जन्मेका उनी १३ वर्षको उमेरमा नै एट्लेटिको मड्रिडबाट सिनियर करियरको सुरुवात  गरेका हुन् । मड्रिडलाई यूईएफए युुरोप लिग र यूईएफए सुुपर लिग जिताउन सहयोग गरेका उनी प्रति यूनाईटेडको ध्यान खिचिरहेको खिच्यो । सन् २०११ मा उनी २०.९  मिलियन युरोमा यूनाईटेडमा आबद्ध भएका हुन् । यूनाईटेडमा आवद्ध भएपछि उनले ३०० खेलभन्दा बढि खेलिसकेका छन् । उनले क्लबलाई प्रिमियर लिग टाइटल, एफए कप, लिग कप, तीनवटा कम्युनिटी सिल्ड र यूईएफए युरोपा लिग जिताउन सहयोग गरेका थिए ।

१) जान ओब्लक

जान ओब्लक एट्लेटिको मड्रिडका गोलरक्षक हुन् । उनी पोर्चुगलको क्लब बेन्फिकामा १७ वर्षको छँदा आबद्ध भएका थिए । सन् २०१४ मा भने उनी १६ मिलियन युरोमा एट्लेटिको मड्रिडमा आएका हुन् । त्यो समयमा उनी ला लिगाको सबैभन्दा महंगो गोलरक्षक बनेका थिए । २०१५–२०१६ को सिजनमा उनले उत्कृष्ट गोलरक्षकको रुपमाा रिकार्डो जामोरा ट्रफी पाएका थिए । उनी २०१७–२०१८ को बालोन डी’ओरका लागि पनि मनोनित भएका थिए । एट्लेटिको मड्रिडमा खेलेको २०० भन्दा बढी खेलमा उनले क्लबलाई यूईएफए सुपरकप २०१८ लगायतका अरु प्रमुख टाइटल   पनि  जिताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*