जिल्ला अदालत मकवानपुरले ४० प्रतिशत मुद्दा फछ्यौट गर्न सकेन

जनपत्र
१ श्रावण २०७६, बुधबार १९:३४

हेटौंडा / जिल्ला अदालत मकवानपुरले एक वर्षको अवधिमा करिब ४० प्रतिशत मुद्दा फछ्र्योट गर्न सकेन । जिल्ला अदालतले गत आर्थिक वर्ष(आव) २०७५/ ७६ मा दर्ता भएका दुई हजार तीन सय छ मुद्दामध्ये एक हजार चार सय १९ मुद्दा अर्थात ६० प्रतिशत मात्रै मुद्दा फछ्यौट गर्न सकेको हो ।

जिल्ला अदालत मकवानपुरले अघिल्लो आव २०७४/ ७५ को बाँकी ६ सय ३९ मुद्दा जिम्मेवारी सरेर आएको जिल्ला अदालत मकवानपुरमा गतआवमा एक हजार छ सय ६७ वटा मुद्दा परेका थिए । अदालतमा सबैभन्दा बढी दुनियाँवादी देवानीतर्फ एक हजार दुई सय ६८ मध्ये सात सय ४१ फछ्यौट भई पाँच सय २७ बाँकी रहेका छन् भने दुनियाँवादी फौजदारीतर्फ पाँच सय ३२ मुद्दामध्ये तीन सय ५६ फछ्यौट भई एक सय ७६ बाँकी रहेका छन् । त्यस्तै, सम्बन्ध बिच्छेदको छ सय २५ मुद्दामध्ये चार सय ४९ मुद्दा फछ्यौट भई एक बर्ष नपुगेकाले एक सय ७६ मुद्दा बाँकी रहेको जिल्ला अदालत मकवानपुरका रजिष्टार केशवराज कौशिकले बताए ।

सरकारवादी फौजदारीतर्फ चार सय ९८ मुद्दा परेकोमा तीन सय १८ फस्र्योट भई एक सय ८० मुद्दा बाँकी रहेको रजिष्टार केशवराज कौशिकले बताए । साथै, गतआवमा आठ पुनरावेदन परेकोमा चार मुद्दा फछ्यौट भई चार बाँकी रहेको उनले बताए । दुई बर्ष भन्दा बढीको मुद्दा नरहेको जिल्ला अदालतमा डेढ बर्षदेखि दुई बर्षसम्मका १७, एक बर्षबढीको थुनुवा मुद्दा चार, एक बर्षदेखि डेढ बर्षसम्मका सरकारवादी फौजदारी मुद्दा १२ वटा रहेको अदालतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*