हेटौँडाको अर्थ आकाश साप्ताहिक चौथो वर्षमा प्रवेश

हेटौँडा,१ साउन । आर्थिक क्षेत्रमा क्रियाशिल रहेर मकवानपुरका नियमित प्रकाशन भैरहेको अर्थ आकाश साप्ताहिकले आज तेश्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।
आज हेटौँडाको न्युज क्लब नेपालमा भएको कार्यक्रमबिच पत्रिकाको तेश्रो वार्षिकोत्सव मनाईएको हो । साप्ताहिकका प्रकाशक तथा सम्पादक सुदर्शनप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमगाई, न्युज क्लब नेपालका अध्यक्ष धर्मेन्द्र दाहाल, मकवानपुरका विभिन्न बैंक तथा वित्तिय सस्थाका प्रवन्धक लगाएतकाको सहभागितामा केक काटेर वार्षिकोत्सव मनाईएको हो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुँमाईले मकवानपुरे पत्रकारितामा आर्थिक आकाशले खेलेको भूमिका महत्वपूर्ण भएको बताए । उनले आर्थिक क्षेत्रपनि पाठकहरुको रुचिको विषयमा रहेकोले पत्रिकाले थप आर्थिक क्षेत्रका क्रियाकलापलाई बढवा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै पत्रिकाका प्रकाशक सम्पादक अधिकारीले अर्थ आकाशलाई आर्थिक एजेण्डको पहिचान बोकेको पत्रिका बनाउन लागिपरेको बताए ।