प्रदेश ३ सरकारको खर्च ५८ प्रतिशत

चालु खर्च ८१, पुँजीगत खर्च ४४ प्रतिशत गरी कुल २० अर्व ६८ करोड रुपैयाँ प्रदेश सरकारले खर्च गरेको छ ।
हरि हुमागाईं
१ श्रावण २०७६, बुधबार १८:४२

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले बितेको आर्थिक वर्ष २०७५–०७६ मा झण्डै ५८ प्रतिशत खर्च गरेको छ । प्रदेश ३ सरकारको सबै मन्त्रालय, प्रदेश सरकार मातहतका कार्यालयमा गरी ५७ दशमलब ५ प्रतिशत खर्च गरेको हो । प्रदेश सरकार गठन भएको सुरुको वर्ष कानुन निर्माण, नियम, कार्यबिधि निर्माण, कर्मचारी अभाब भएकाले सबै रकम खर्च गर्न नसकिएको जनाएको छ ।

प्रदेश सरकारले चालु खर्च धेरै गरे पनि पुँजीगत खर्च भने थोरै मात्र गर्न सकेको छ । चालु खर्चको आधा रकम मात्र पुँजीगत खर्च भएको प्रदेश नम्बर ३ को प्रदेश लेखा नियन्त्रक कार्यालयको रेकर्डमा उल्लेख छ । प्रदेश सरकारले चालु खर्च ८० दशमलव ५ प्रतिशत खर्च गरेको छ भने पुँजीगत खर्च ४३ दशमलव ५ प्रतिशत मात्र गरेको प्रदेश लेखा नियन्त्रक हरि प्रसाद उपाध्यायले जानकारी दिनुभयो । यो रकममा केही थोरै मात्र घट्न सक्ने उहाँको भनाई छ ।

प्रदेश सरकारले चालु खर्चमा ११ अर्व १२ करोड रुपैयाँ खर्च गरेको छ । बितेको आर्थिक वर्ष २०७५–०७६ मा प्रदेश सरकारले चालु खर्चका लागि १३ अर्व ७९ करोड रुपैयाँ बजेट छुट्याएको थियो । यता पुँजीगत खर्च भने प्रदेश सरकारले ९ अर्ब ५५ करोड रुपैयाँ मात्र खर्च भएको उहाँले बताउनुभयो । प्रदेश सरकारले बितेको आर्थिक वर्षमा पुँजीगत खर्चका लागि २१ अर्व ८० करोड रुपैयाँ छुट्याएको थियो । यो रकम मध्यमा ४३ दशमलब ५ प्रतिशत मात्र खर्च प्रदेश सरकारले गरेको प्रदेश लेखा नियन्त्रक उपाध्यायले बताउनुभयो ।

स्थानीय तहलाई दिएको अनुदान रकम पनि चालु खर्चमा

प्रदेश सरकारको चालु खर्च धेरै देखिनुमा स्थानीय तहलाई दिइएको अनुदान रकम समेत जोडिएको छ । प्रदेश ३ का एक सय १९ वटै स्थानीय तहमा बिकाश निर्माणका लागि दिइएको रकम पनि चालु खर्चमा जोडिएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले सिधै स्थानीय तहलाई दिने समानीकरण, बिशेष, ससर्त, समपुरक अनुदानलाई चालु खर्चभित्र राखिएको छ ।

स्थानीय तहलाई दिइएको अनुदान रकम भने कर्मचारीलाई तलव खुवाउन नभइकन बिकाश निर्माणका काम गर्नका लागि प्रदेश सरकारले उपलब्ध गराएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटमा पनि पुँजीगत रकम भन्दा चालु खर्च रकम बडी देखिनुमा स्थानीय तहलाई दिइने अनुदान रकम भएकाले पनि चालु खर्च रकम बडी देखिएको छ ।

अभाव र समस्याका बिच पनि धेरै रकम खर्च गरियो –मन्त्री ढुंगेल

प्रदेश सरकारले बितेको आर्थिक वर्षमा बिभिन्न खालका समस्याका बिच पनि धेरै रकम खर्च गर्न नसकेकाले चालु आर्थिक वर्षमा यही साउन महिनाबाटनै सबै रकम खर्च गर्ने गरी तयारी गरिएको प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो ।
कर्मचारी अभाव, कानुन निर्माण नहुँनु, बिषयगत कार्यालय खोल्न ढिलाई हुनु, प्राबिधि कर्मचारी अभावका बिच पनि धेरै रकम खर्च गर्न सफल भएको मन्त्री ढुंगेलले बताउनुभयो । सरकारले स्वास्थ्य, शिक्षा, पूर्बाधार लगायतका क्षेत्रमा धेरै मेहनतका साथ काम गरिएकाले पनि साचेको भन्दा धेरै रकम खर्च गर्न सफल भएको उहाँले बताउनुभयो ।

प्रदेश नम्बर ३ सरकारले बितेको आर्थिक वर्ष २०७५–०७६ मा कुल ३५ अर्व ६१ करोड रुपैयाँ बजेट ल्याएको थियो । चालु आर्थिक बर्षमा बिगतको खर्च गर्न नसकेको रकम समेत गरी प्रदेश नम्बर ३ सरकारले चालु आर्थिक बर्ष २०७६–०७७ का लागि ४७ अर्ब ६० करोड ८७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

कुल बजेट मध्यमा ५१ दशमलब ३९ प्रतिशत अर्थात २४ अर्ब ४६ करोड रुपैयाँ चालु खर्च रहेको छ । त्यसैगरी पुँजीगत खर्च तर्फभने ४७ दशमलब ९८ प्रतिशत अर्थात २२ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ छुट्याइएको अर्थ मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताउनुभयो । बित्तीय ब्यबस्थापनमा ३० करोड रुपैयाँ छुट्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*