पत्रकार धम्क्याउनेलाई कारबाहीको माग

जनपत्र
१ श्रावण २०७६, बुधबार ०९:३९

हेटौंडा । समाचार लेखेकै आधारमा पत्रकार धम्क्याउनेलाई कार्बाहीको माग गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका साधारण सदस्य एवम् तु खबर डटकममा कार्यरत पत्रकार बलराम पुडासैनीलाई समाचार लेखेकै कारण धम्क्याउनेलाइृ कार्बाही गर्न माग गरिएको हो । मकवानपुरगढीका स्ल्याब ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेले अस्लिल सब्द प्रयोग गर्दै पत्रकार पुणासैनीलाई धम्की दिएका थिए ।

पत्रकारलाई ज्यान मार्ने सम्मको धम्की दिएकोप्रति पत्रकार महासंघ मकवानपुर शाखाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाचारको बिषयमा चित्त नबुझेमा खण्डन गर्न सकिने तथा कानुनी बाटो हुँदाहुँदै समाचारकै बिषयलाई लिएर धम्क्याउनेलाइृ कार्बाही गर्नका महासंघ मकवानपुर साखाले माग गरेको छ ।
समाचार लेखेकै आधारमा पत्रकारलाई धम्क्याउने कार्य तत्काल बन्द गर्न आग्रह गरिउको छ । महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई र सचिब गणेश दर्पण अधिकारीद्वारा जारी बिज्ञप्तमिा जनतालाई सुसुचित पार्ने जिम्मेवारी बोकेको पत्रकारलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण सृजना गराउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*