क्यान्सर पीडित खुलाललाइ सहयोग

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले क्यान्सर पीडित कार्यपालिकाका सदस्य रुपा खुलाललाई सहयोग गर्ने भएको छ । भरतपुर स्थित विपी क्यान्सर अस्पतालमा उपचाररत हेटौंडा वडा नम्मर १३ पदमपोखरीकी खुलाललाई सहयोग गरिने भएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकले यो निणय गरेको हो ।
३९ वर्षीया रुपा तत्कालिन नेकपा एमालेको नगर इलाका कमिटीकी उपसचिव तथा अहिले कार्यपालिकाका सदस्य हुन् । उनलाई विगत केही वर्षदेखि क्यान्सर रोगले सताएको रहेछ । केही वर्ष यता मात्र सो व्यथाको पहिचान भएपछि उनको स्तन क्यान्सर भएको हो । उपमहानगरपालिकाको बैठकले खुलाललाई सहयोग गर्ने निणय गरिएको उपमेयर मिना कुमारी लामाले जानकारी दिनुभयो । यसअघि पनि खुलाललाई सहयोग गरिएको थियो ।